महरालाई चार दिन हिरासतमा राख्न अनुमति-Sutra News

महरालाई चार दिन हिरासतमा राख्न अनुमति

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।



सुन प्रकरणमा अनुसन्धानका लागि माओवादी उपध्याक्षसमेत रहेका उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन छानबिन आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि सोमबार बिहान कपिलवस्तुबाट महरालाई पक्राउ गरेको थियो ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालयमा लगिएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट