के चायाले कपाल झर्छ ? कसरी गर्ने रोकथाम ?-Sutra News

के चायाले कपाल झर्छ ? कसरी गर्ने रोकथाम ?

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौं । अधिकांश मानिसहरूको कपालमा देखिने समस्या हो- चाया । चायासँगै कपाल झर्ने समस्याका कारण धेरै मानिसहरू हैरान भएका हुन्छन् । चायाका कारण कपाल झरेको होला भनेर सोचिन्छ पनि । तर चायाकै कारण कपाल भने झर्दैन ।



चायाले कपाललाई असर गर्ने गर्छ । कडा चायाबाट पीडित व्यक्तिहरूले कपाल झर्ने अनुभव सुनाउँछन् । कपाल झर्नुको प्रत्यक्ष कारण भने होइन । केही रूपमा गम्भीर चायाले कपाल झर्ने गर्छ । चायाले कपालको फोलिकल्स र स्क्याल्पलाई क्षति बनाउँछ । जसले कपालको खराब वृद्धि वा कपाल पातलो हुन्छ ।

यदि, तपाईंलाई आफ्नो कपाल चायाको कारणले झर्दैछ भन्ने लाग्छ भने । छाला विशेषज्ञलाई भेटेर तपाईंको समस्याको बारेमा सल्लाह लिन पनि सक्नु हुनेछ ।

कपाल झर्नुको कारण के हो ?

कपालको फोलिकल्सलाई क्षति पुगेपछि कपाल झर्छ । चायाले घाउ बनाउँछ । र कपालको वृद्धि रोक्न वा ढिलो गर्न सक्छ । फलस्वरूप, कपाल पातलो वा कमजोर हुन सक्छ ।

जथाभावी कपाल तान्दा वा कोर्दा पनि कपाल झर्ने गर्दछ । कपाल हेरचाह विशेषज्ञहरूले यी अवस्थालाई कपाल झर्नेसँग जोडेका छन् । तसर्थ, तिनीहरू चाया र कपाल झर्ने कारण हुन सक्छ ।

कपाल झर्न कसरी रोक्ने

तपाईलाई थाहा छ कि चायाले चिलाउने र केही मात्रामा छालालाई क्षति बनाउँछ । कपालको फोलिकलमा समस्या बनाउने गर्दछ । यसबाहेक अन्य कारणले कपाल झर्ने गर्दछ । जसलाई रोक्नका लागि यी उपाय अपाउनुहोस् ।

१. चायाको कारण पत्ता लगाएर रोकथाम गर्नुहोस् ।
२. गुणस्तरीय औषधीयुक्त स्याम्पु प्रयोग गर्नुहोस् ।
३. गुणस्तरीय कन्डिसनरको साथ टाउकोलाई हाइड्रेट गर्नुहोस् ।
४. तनाव व्यवस्थापन गर्नुहोस् ।
५. सकेसम्म बिहानको घाममा बस्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट