के तपाईलाई पनि महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुन्छ ?-Sutra News

के तपाईलाई पनि महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुन्छ ?

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

महिलालाई हरेक महिना एक निश्चित समयमा महिनावारी हुनुपर्ने हुन्छ । जैविक रूपमा, यो एक सामान्य प्रक्रिया हो, तर यदि हामी महिनावारीको समयमा सामान्य र भारी रक्तस्रावको बारेमा कुरा गर्छौं भने, यो हरेक महिलामा फरक हुन्छ। कतिपय महिलालाई महिनावारीको समयमा सामान्य रक्तस्राव हुन्छ भने कतिपय महिलालाई महिनावारीमा धेरै रक्तश्राव हुने गरेको गुनासो गर्छन् ।



यदि तपाइँ महिनावारीको समयमा अत्यधिक रगत बग्ने समस्याको सामना गर्दै हुनुहुन्छ भने, यसलाई कुनै पनि हालतमा बेवास्ता गर्नु हुँदैन। यो तपाईंको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ र यसको पछाडि कुनै गम्भीर रोगको संकेत लुकेको पनि हुन सक्छ।

आउनुहोस्, जानौं महिनावारीको समयमा धेरै रक्तस्राव हुनु कुन रोगको संकेत हुन सक्छ ?

जान्नुहोस् महिनावारीको समयमा किन धेरै रक्तस्राव हुन्छ ?

महिनावारीको समयमा हरेक पटक सामान्यभन्दा बढी रक्तश्राव भएमा यो एन्डोमेट्रिओसिस नामक रोगको लक्षण हुन सक्ने चिकित्सकहरू बताउँछन् । यो महिलाहरुमा एक स्वास्थ्य समस्याकाे अवस्था हो, जसमा पाठेघरकाे भित्रि तहमा समस्या अाउँछ । विशेषज्ञका अनुसार पाठेघरमा एकपछि अर्काे तह थपिन्छ । जसकाे अाकार बढ्नाले पेट दुख्ने र रक्तश्रापसम्बन्धी समस्या हुने हुन्छ । यसका कारण महिनावारीको समयमा हरेक पटक बढी रगत बग्ने गर्छ।

हामी तपाईलाई बताउछौं कि महिनावारीको समयमा दशमध्ये एक महिलालाई एन्डोमेट्रिओसिसको समस्याले सताउँछ। यो रोगबाट पीडित महिलाको संख्या बढ्दै गएको र चिन्ताको विषय बनेको छ ।

यो तन्तु पाठेघरमा बढ्दा पाठेघरमा घाउ हुने खतरा बढ्छ । यसले सामान्य वा लामो अवधिको रक्तस्राव गराउन सक्छ ।

तुरुन्तै चिकित्सकसँग परामर्श लिनुहोस्

अत्याधिक रक्तश्राव हुने समस्या भएका चिकित्सकसँग परामर्श लिइ उपचार गराउनुपर्छ। सामान्यतया: एन्डोमेट्रिओसिसको उपचारको लागि ल्याप्रोस्कोपिक शल्यक्रिया सिफारिस गर्ने गरेकाे पाइन्छ । यो रोगको उपचार पनि महत्त्वपूर्ण छ किनभने यो लामो समयसम्म रहिरह्यो भने यसले आमा बन्ने क्षमता र प्रक्रियालाई पनि असर गर्छ। यदि यो रोग सानै उमेरमा निको भएन भने महिलालाई गर्भधारण गर्न पनि कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।

तसर्थ, धेरै रगत बग्ने समस्या भएमा तुरुन्तै चिकित्सकसँग परामर्श गरी चेकअप गराउनुपर्ने विज्ञहरूकाे सुझाव छ । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि विज्ञहरूकाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट