‘जनयुद्ध दिवस’को दिन सार्वजनिक बिदा नहुने-Sutra News

‘जनयुद्ध दिवस’को दिन सार्वजनिक बिदा नहुने

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । सरकारले आगामी फागुन १ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिदा नभएको स्पष्ट पारेको हो ।



गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’को बिदा दिइएकोमा बिदा खारेजीको माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो ।

यद्यपि, स्थानीय तहले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएको समाचार सार्वजनिक भएसँगै सर्वसाधारणमा अन्योल बढिरहँदा उक्त दिन सार्वजनिक बिदा नभएको गृह मन्त्रालयमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट