नयाँ वर्ष २०२४ : स्वास्थ्यका हिसाबले कुन राशिकाे लागि कस्ताे ?-Sutra News

नयाँ वर्ष २०२४ : स्वास्थ्यका हिसाबले कुन राशिकाे लागि कस्ताे ?

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

मेष: स्वास्थ्यमा सम्झौता नगर्नुहोस्



तपाईको स्वास्थ्य राम्रो रहनेछ। याे वर्ष तपाईलाई कुनै ठूलो रोगले सताउने छैन। सामान्य टाउको दुख्ने, शरीर दुख्ने वा घाँटीको संक्रमणले समस्या देखिए पनि छिट्टै समस्या हल हुनेछ ।

तथापि, यस वर्ष रक्सी र तंबाकूबाट भने तपाइँ टाढा रहनुपर्छ । कतिपय मेष राशिका मानिसहरुलाई छिटो गाडी चलाउने बानी हुन्छ । यसबाट बच्नुपर्छ ।

वृष: साहसिक खेलकुदबाट टाढा रहनुहोस्

आफ्नो स्वास्थ्यमा सजग रहनपर्छ । याे वृष राशिलाई छाती दुख्ने वा पेटको संक्रमण हुने समस्या देखिन सक्छ । यसका लागि डाक्टरसँग सम्पर्क गर्नुपर्छ।

वृष राशिका ज्येष्ठ व्यक्तिहरूले सीढीको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। गाडी चलाउँदा ध्यान दिनुपर्छ । याे वर्ष वृष राशिका व्यक्तिहरू साहसिक खेलबाट टाढा रहनुपर्ने देखिन्छ । के खाने भन्ने कुरामा सजग रहनुपर्छ ।

मिथुन: तनावबाट टाढा रहनुपर्छ

केही मिथुन राशिका व्यक्तिहरू खेल्दै गर्दा लड्नेछन्, तर यो गम्भीर हुनेछैन। मिथुन राशिका ज्येष्ठ व्यक्तिहरूले बिहान बाहिर निस्कँदा सावधानी अपनाउनुपर्छ।

तनावलाई जीवनबाट टाढा राख्नुहोस्। याे वर्ष तनावबाट जाेगिन आवश्कय छ । यदि तपाइँ मनाेराेगकाे सिकार भएकाे अनुभूत गर्नुहुन्छ भने तत्कालै उपचार गर्नु आवश्यक छ । यदि तपाईं धुम्रपान छोड्न इच्छुक हुनुहुन्छ भने यो सही समय हो।

कर्कट: प्रार्थना गर्नुहोस्

याे वर्ष स्वास्थ्यका हिसाबले निकै सकसपूर्ण हुने देखिन्छ । क्यान्सर राेगीका लागि समय निकै खराब छ । चिकित्सककाे निगरानीमा रहिरहनुपर्छ । साथै, कतिपय यस राशिका व्यक्ति रक्तचापकाे समस्याबाट थप पीडित हुन सक्नेछन् । तथापि, याे वर्ष अन्तिम केही महिना निकै लाभदायक छ ।

सिंह : श्वासप्रश्वासको समस्या हुनसक्छ

देखिएका स्वास्थ्य समस्यालाई सावधानीपूर्वक लिनुपर्ने वर्ष छ । मुटुको समस्या भएका केही व्यक्तिहरूलाई स्वास्थ्य समस्या बढ्न सक्छ। सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

सिंह राशिका ज्येष्ठ व्यक्तिहरूमा अनिद्राको समस्या हुनसक्छ । श्वासप्रश्वासको समस्या पनि हुन सक्छ। मिर्गौला सम्बन्धी समस्याहरू पनि हुन सक्छन्, जसका लागि चिकित्सकीय सल्लाह लिनु आवश्कय छ ।

कन्या: कार्यालय र व्यक्तिगत जीवनमा सन्तुलन कायम राख्नुहोला

याे वर्ष कन्या राशिका लागि निकै अनुकुल समय छ । शारीरिकरूपले निकै स्फूर्तीमा रहने समय छ भने मानसिकरूपले पनि स्वस्थ रहने समय छ ।

तथापि, यसवर्ष तपाईंलाई अफिस र व्यक्तिगत जीवनबीच सन्तुलन कायम राख्न आवश्यक छ । साथै, जंक फूड, डिब्बाबन्द पेय र तंबाकू पनि त्याग्नुपर्छ ।

तुला: प्रकृतिसँग समय बिताउनुहोस्

याे वर्ष कुनै ठूला स्वास्थ्य समस्याले तपाईंलाई सताउने छैन। घाँटी दुख्ने, माइग्रेन वा खोकी जस्ता समस्या हुन सक्छन्। तथापि, छिट्टै समस्या हल हुनेछन् ।

साहसिक खेलमा भाग लिँदा सावधानी अपनाउनुहोला। पहाडी यात्राबाट बच्नुहोस्। महिलाहरूले भान्सामा चक्कु प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । यदि तपाईलाई निद्रा सम्बन्धित समस्या छ भने, औषधिको सट्टा प्राकृतिक विधिहरू छनौट गर्नुहाेला ।

वृश्चिक: सवारी चलाउँदा सावधानी अपनाउनु पर्छ

यस वर्ष स्वास्थ्य राम्रो रहने देखिन्छ । तथापि, साना तिना दुर्घटनाबाट भने जाेगिन आवश्यक छ । राति सवारी चलाउँदा सावधानी अपनाउनु हाेला । टाढा यात्रा गर्दा ध्यान पुर्याउनु हाेला ।

वृश्चिक राशिका व्यक्तिहरूले सीढीको प्रयोग गर्दा ध्यान दिनुपर्छ। खेलकुदमा केही बालबालिकालाई सामान्य चोट लाग्न सक्छ।

धनु: खानपानमा सजग रहनुहोला

तपाईको स्वास्थ्य सामान्य रहनेछ । कुनै ठूलो रोगले सताउने छैन। धनु राशिका केही व्यक्तिहरूलाई हृदय रोगकाे भने याे वर्ष सुरूवात हुनसक्छ । आफन्त लागि अस्पताल गइरहनुपर्ने समय छ ।

खानेकुरामा ध्यान दिनुहाेला । रक्सीबाट टाढै रहनु राम्रो हुनेछ। ज्येष्ठ नागरिकले निद्रा नलागेको गुनासो गर्न सक्छन् ।

मकर: सानातिना रोगहरू भने देखिरहनेछन्

याे वर्ष कुनै ठूलो रोगले सताउने छैन। तर, सानातिना रोगहरू भने देखिरहनेछन् । संक्रमण पनि हुन सक्छ। वर्षकाे मध्य समयमा घाँटी वा कानमा संक्रमण हुनेछ। रक्सीबाट टाढा रहनु नै उत्तम छ । राति अबेरसम्म ड्राइभ नगर्नुहोस्। पहाडी क्षेत्रबाट पनि टाढा रहनु होला । गर्भवती महिलाले दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्दा सावधानी अपनाउनुपर्छ।

कुम्भ: साेंच सकारात्मक राख्नुपर्छ

यस वर्ष तपाईको स्वास्थ्य राम्रो रहनेछ । ठूला समस्या देखिने छैनन् । हृदय रोग भएका व्यक्तिहरूले भने सावधानी अपनाउन आवश्यक छ।

साहसिक खेल वा पौडी खेल्दा सावधानी अपनाउनुहोस्। महिलाहरूले माइग्रेन वा ढाड दुखेको गुनासो गर्न सक्छन्। प्रोटिन र पोषक तत्वयुक्त स्वस्थ आहार अपनाएर स्वस्थ रहनुहोस्।

मीन: तनावबाट टाढा रहनुहोस्

याे वर्ष तपाईको स्वास्थ्य राम्राे रहनेछ । कतिपय मधुमेहका बिरामीलाई सामान्य समस्या बढेपनि मध्यम समयमा सन्चाे हुनेछ । मीन राशिका व्यक्तिहरुको लागि वर्ष सामान्यतया सुखद रहेकाे छ ।

यस वर्ष मिन राशिका व्यक्तिहरूले मानसिक शान्ति कायम राख्ने भने प्रयास गर्नुपर्छ । खानामा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट