सकसतर्फ एनआइसी एसिया : १३२ प्रतिशतले खराब कर्जा बढ्दा ४३ प्रतिशतले घट्यो नाफा-Sutra News

सकसतर्फ एनआइसी एसिया : १३२ प्रतिशतले खराब कर्जा बढ्दा ४३ प्रतिशतले घट्यो नाफा

शुक्रबार, १७ कार्तिक २०८०

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं । सधैँ मुनाफा कमाउनेको होडबाजीमा अग्रस्थानमा पर्ने एनआइसी एसिया बैंक क्रमशः खराब कर्जाले सिथिल हुँदै गएको देखिएको छ । चालु आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरणअनुुसार बढ्दो घाटाले बैंकको वासलात नै फेरिने अवस्थामा पुगेको छ ।



त्रैमाससम्मको विवरणमा बैंकको खराब कर्जा १३२ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ०.५९ प्रतिशत खराब कर्जा रहेको बैंकको चालु आर्थिक वर्षको त्रैमाससम्म हेर्दा खराब कर्जा १.३७ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढेसँगै बैंकको नाफा नराम्रोसँग प्रभावित भएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४२.४९ प्रतिशतले घटेको छ ।

गत वर्ष सोही अवधिमा एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको बैंक यसपटक एक अर्ब एक करोड तीन लाख रुपैयाँमा खुम्चिएको छ । खराब कर्जा बढ्दाको प्रभाव बैंकलाई ७४ करोड ६३ लाखभन्दा बढी घाटा भएको छ ।

खुद ब्याज आम्दानीमा १७.५५ प्रतिशत गिरावट आउनुका साथै खराब कर्जा सत् प्रतिशतभन्दा बढीले बढेपछि खुद नाफा प्रभावित बनेको हो । खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्जमा ६४ करोड ४३ लाख रुपैयाँ छुट्याएको छ ।

यता, बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको छ भने रिटेन्ड अर्निङ शीर्षक ऋणात्मक हुन पुगेको छ । रिजर्भ कोष भने १३.४२ प्रतिशतले बढेर १६ अर्ब रुपैयाँ नाघेको छ ।

खुद नाफामा गिरावट आएसँगै प्रतिसेयर आम्दानी पनि ३३.०४ रुपैयाँले घटेको छ । गत वर्ष ५९.६२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले २६.५८ रुपैयाँमा सीमित भएको छ ।

याे पनि…

हिमालयनको नाफामा उछाल आउँदा एनआइसीको बिजोग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट