टेलिकमको दशैं अफर : डाटा र भ्वाइस प्याकेजको मूल्य निकै सस्तो-Sutra News

टेलिकमको दशैं अफर : डाटा र भ्वाइस प्याकेजको मूल्य निकै सस्तो

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडौं । नेपाल टेलिकमले दशैं अफर ल्याएको छ । यसअन्तर्गत आफ्ना ग्राहकका लागि कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने घोषणा गरेको छ । दशैंका लागि सो अफर असोज २८ देखि आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।



अफर अन्तर्गत ४९ मा एक दिन प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने एक सय ९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र तीन सय ९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत सात सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डेटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी दुई जीबी डेटा उपलब्ध हुनेछ ।

पाँच सय र सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिन चलाउन सकिने गरी आठ जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सोही अफर अन्तर्गत कम्पनीले एघार सय ९९ रुपैयाँमा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध गराउने भएको छ । यसअघि यो प्याकेजको शुल्क चौध सय ९९ रुपैयाँ थियो । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, एक हजार वटा अल–नेट एसएमएस र प्रतिदिन चार जीबी डेटा उपलब्ध हुनेछ ।

यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट