लन्च गरेको पहिलो दिनमै ‘अल्टिमा रक स्पीकर’को उत्साहजनक बिक्री-Sutra News

लन्च गरेको पहिलो दिनमै ‘अल्टिमा रक स्पीकर’को उत्साहजनक बिक्री

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । ‘अल्टिमा रक वायरलेस स्पीकर’को लन्च गरेको दिनमै अभूतपूर्व बिक्री भएको छ । कम्पनीले जनाएअनुसार अनलाइन तथा अफलाइन माध्यममार्फत पहिलो दिनमै दुई हजारभन्दा बढी स्पीकर बिकेका छन् ।



आकर्षक डिजाइनसहित विभिन्न सुविधा भएको स्पीकरलाई ग्राहकहरुले रोजाइमा पारेको कम्पनीले जनाएको छ । अल्टिमाका प्रमुख मार्केटिङ अफिसर अमन गुप्ताले पहिलो दिनको बिक्रीले निकै उत्साहित बनाएको बताए । स्पीकरका खरिदकर्ताले निकै सकारात्मक प्रतिक्रिया दिएको उनले बताएका छन् ।

१२ वाटको आरएमएस स्टेरियो साउन्ड आउटपुट राखिएको यो स्पीकरमा २ हजार दुई सय एमएच क्षमताको ब्याट्री छ । स्पीकर एक पटक फुल चार्ज गरेपछि ६० प्रतिशत साउन्ड प्रयोग गर्दा १२ घन्टासम्म चार्ज टिक्ने कम्पनीको दाबी छ ।

जसले गर्दा यो स्पीकरलाई विभिन्न इनडोर तथा आउटडोर कार्यक्रममा समेत प्रयोग गर्न सकिने जनाइएको छ ।

लन्चको अवसरमा कम्पनीले स्पीकर खरिदमा १२ सय रुपैयाँको बम्पर छुट दिएको थियो । जसको प्रभाव खरिदकर्ता उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट