किन ‘झुर’ बन्यो फोन पेको सेवा ?-Sutra News

किन ‘झुर’ बन्यो फोन पेको सेवा ?

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेको सेवाहरु आइतबार दिउँसो लामो समय प्रभावित भयो । फोन पेको सेवाहरु प्रभावित हुँदा थुप्रै ग्राहकहरु समस्यामा परे ।



कम्पनीले सेवा प्रभावित हुनुको कारणमा ‘प्राविधिक समस्या’ भएको बताएको छ ।

यद्यपि, फोन पेको सेवा अवरुद्ध भएको यो पहिलो घटना भने होइन । चार दिनअघि पुस २५ गते पनि कम्पनीको सेवा लामो समयसम्म अवरुद्ध भएको थियो ।

सेवा प्रभावित भइरहेपछि कम्पनीको सेवा प्रयोगकर्ताले आक्रोश पोखेका छन् । कम्पनीले पछिल्लो समय सेवाको गुणस्तरीयतामाथि ध्यान नदिएको आरोप लगाएका छन् ।

प्रयोगकर्ता हुसन मुवारक अलि “कम्पनीको सेवा प्रभावित हुँदा भएको घाटाको जिम्मेवारी कसले लिन्छ ?” भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । अन्य देशमा भएको भए कम्पनीले ‘पेनाल्टी’ तिर्नुपर्ने उनले बताएका छन् ।

कम्पनीका सेवाहरु प्रायः मासिक ‘क्लोजिङ्ग’को समयमा बढी प्रभावित हुने गरेको प्रयोगकर्ताहरुको भनाई छ । कहिले पूर्ण सिस्टम डाउन हुने त कहिले क्यूआरले काम नगर्ने गरेको देखिन्छ । यद्यपि, कम्पनी ‘प्राविधिक समस्या’ भन्दै पन्छिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट