विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम डाउन-Sutra News

विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम डाउन

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम अचानक बन्द भएकाे छ । प्रयोगकर्ताका सामाजिक सञ्जाल अकाउन्ट अचानक लग आउट भएका छन् ।



फेसबुक र इन्स्टाग्राम अचानक डाउन भएपछि लाखौं प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।

#facebookdown सोसल मिडिया प्लेटफर्म X मा ट्रेन्डिङमा छ । प्रयोगकर्ताहरूले आफ्नो गुनासोसँगै यसबारे हाँस्यास्पद प्रतिक्रिया पनि दिइरहेका छन् ।

मेटाका मालिक मार्क जुकरबर्गप्रति व्यंग्य गरिरहेका छन् ।

मेटा कम्पनीको स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएको यो पहिलो पटक भने होइन ।

यसअघि २०२१ मा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र मेसेन्जर जस्ता मेटाका सबै सेवाहरू एकैसाथ डाउन भएकाे थियाे । मेटा डाउन भएपछि मेम्सको बाढी आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट