सामसङ ग्यालेक्सी ट्याब एस ९ एफई सिरिज सार्वजनिक, यस्ता छन् फिचर-Sutra News

सामसङ ग्यालेक्सी ट्याब एस ९ एफई सिरिज सार्वजनिक, यस्ता छन् फिचर

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी ट्याब एस ९ एफ ई सिरिजलाई सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो वेबसाइटमा ग्यालेक्सी ट्याब ‘एस ९ एफ ई’ र ‘एस ९ एफई प्लस’लाई सार्वजनिक गरेको हो । कम्पनीले सामाजिक सञ्जालको माध्यम ‘एक्स’ नयाँ सिरिजका ट्याबको बारेमा जानकारी दिएको हो ।



यी दुवै सिरिजका ट्याबलेटहरु दुई/दुई भेरियन्टमा सार्वजनिक भएका छन् । दुवै ट्याबलेटमा वाईफाई र सेलुलर कनेक्टिभिटीको अप्सन रहेको छ ।

ग्यालेक्सी ट्याबको एस ९ एफ ईको सुरुवाती मूल्य ४४४ अमेरिकी डलर र एस ९ एफ ई प्लसको सुरुवाती मूल्य ५६४ अमेरिकी डलर रहेको छ । एस ९ एफ ईको मोडलमा ९० हर्जको रिफ्रेस रेटसहितको १०.९ इञ्चको डिस्प्ले रहेको छ । त्यस्तै एस ९ एफई प्लसमा भने ९० हर्जको १२.४ इञ्चको डिस्प्ले रहेको छ ।

दुवै ट्याबमा कम्पनीको एग्जिनास १३८० प्रोसेसर रहेका छन् । क्यामेराको कुरा गर्ने हो भने एस ९ एफईमा रियर क्यामेरा ८ मेगापिक्सलको रहेको छ ।

त्यस्तै, एस ९ एफई प्लसमा/मेगापिक्सलको डबल क्यामेरा सेटअप रहेको छ । सेल्फी तथा भिडियो कलिंगका लागि दुवै मोडलमा १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामेरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट