कन्सुलर सेवासम्बन्धी विवाद : एनआरएनए मकाउले भन्यो– दूतावासलाई सहयोग मात्रै गरिएको हो-Sutra News

कन्सुलर सेवासम्बन्धी विवाद : एनआरएनए मकाउले भन्यो– दूतावासलाई सहयोग मात्रै गरिएको हो

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौं । मकाउका किनारा पसलबाट नेपाली राहदानी नविकरण हुने गरेको भन्ने समाचारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनए मकाउले समाचार तथ्यहिन भएको भन्दै खण्डन गरेको छ ।



हङकङस्थित नेपाली महावाणिज्य दूतावासले एनआरएनए मकाउसँग समन्वय गरी एनआरएनए मकाउकै कार्यालयबाट कन्सुलर सेवा दिँदै आएको भएपनि महावाणिज्य दूतावासको उपस्थितिबिना कुनै काम नभएको एनआरएनए मकाउको दाबी छ । महावाणिज्य दूतावासले मकाउमा महिनामा कम्तिमा दुई दिन मात्रै यस्तो सेवा दिने गरेको एनआरएनए मकाउको भनाई छ ।

व्यक्तिको व्यवसायीक फर्मबाट कन्सुलर सेवा दिइएको र रकम असुलिएको भन्ने विषयको एनआरएनए मकाउले खण्डन गरेको छ । सेवाग्राहीले फोटोकपी, प्रिन्ट, स्क्यानलगायतका सेवा व्यक्तिगत फर्मबाट लिने गरेको भएपनि कन्सुलरसम्बन्धीत सेवा दूतावासको उपस्थितिमा एनआरएनए मकाउको कार्यालयबाट मात्रै लिने गरेको एनआरएनए मकाउको दाबी छ ।

महावाणिज्य दूतावासका कर्मचारी आएको समयमा मात्रै कन्सुलर सेवा स्वयम् कर्मचारीबाट उपलब्ध गराइने गरिएको भन्दै एनआरएनए मकाउले आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ ।

यस्तो छ एनआरएनए मकाउको प्रष्टीकरण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट