टुप्पी किन पाल्ने ? के छ धार्मिक र वैज्ञानिक कारण ?-Sutra News

टुप्पी किन पाल्ने ? के छ धार्मिक र वैज्ञानिक कारण ?

शुक्रबार, ८ भाद्र २०८०

शुक्रबार, ८ भाद्र २०८०

पुरुषहरुले कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रौं राख्ने गर्दछन् । जसलाई हामी टुप्पी भन्छौं । संस्कृतमा टुप्पीलाई शिखा भनिन्छ । हिन्दु परम्परामा शिखा राख्नुको विशेष अर्थ र महत्व छ ।



धर्मशास्त्रले शिखा काट्नुलाई शीर काट्नु बराबर मानेको छ । जसबाटै बुझ्न सकिन्छ, शिखाको महत्व । शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान तथा मन्त्रण शिखा छोएर मात्रै गर्नुपर्छ ।

पछिल्लो समय शिखा अर्थात् टुप्पी कतिपयले फेसनको रुपमा पनि पालेको पाइन्छ । तर, धर्मशास्त्रले यसलाई निकै महत्वका साथ लिएको छ ।

धर्मशास्त्रले जहाँ शिखा राख्ने भनेको छ, स्वास्थ्य विज्ञानअनुसार उक्त ठाउँमा मस्तिष्कको केन्द्र हुन्छ । शरीर, बुद्धि र मनका अंगहरू यही ठाउँबाट नियन्त्रित हुन्छन्।

यदि शिखा राखियो भने मस्तिष्क सन्तुलनमा रहन्छ भन्ने तथ्य धर्मशास्त्रले भनेको छ । यसले सहस्त्रार चक्रलाई जागृत राख्ने उल्लेख छ । शिखा राख्नाले सहस्रार चक्रलाई जागृत गर्न र बुद्धि, मन र शरीरलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

धार्मिक ग्रन्थअनुसार सहस्रार चक्रको आकार गाईको खुर जस्तै हुने विश्वास गरिन्छ । त्यसैले पनि गाईको खुर बराबरको शिखा राख्नु भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट