गोरखाले दियो क्यान्सरपीडित रविना दराईलाई आईसियूमै नागरिकता-Sutra News

गोरखाले दियो क्यान्सरपीडित रविना दराईलाई आईसियूमै नागरिकता

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ ।



पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुडानिधि तिवारीले जानकारी दिए ।

‘नागरिकता नहुँदा राज्यबाट प्राउने उपचार सहुलियत र अन्य सुविधा पाउन कठिन भएको थियो’, उनले भनिन्। आवश्यक प्रक्रिया पूरा गरी अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको तिवारीले बताए ।

दराईका श्रीमान् हितबहादुरले प्रसासनमा नागरिकता प्राप्तिका लागि आवश्यक सबै कागजपत्र पेस गरेका थिए । सोही आधारमा अस्पतालमै गएर नागरिकता वितरण गरिएको प्रशासकिय अधिकृत तिवारीले बताए ।

जिल्ला प्रशासन कार्यालयले कार्यालयसम्म आउजाउ गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट