पशुपन्छी मन्त्रालयले थाल्यो भारतबाट राँगा ल्याउने प्रक्रिया-Sutra News

पशुपन्छी मन्त्रालयले थाल्यो भारतबाट राँगा ल्याउने प्रक्रिया

सोमबार, २२ जेष्ठ २०८०

सोमबार, २२ जेष्ठ २०८०

भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको मुर्रा जातका राँगा ल्याउने प्रक्रिया थालनी भएको छ ।



कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वस्तुगत सहायतास्वरूप निःशुल्क उपलब्ध हुन लागेको उक्त राँगा ल्याउने प्रक्रिया अगाडि बढेको पशु सेवा विभागले जनाएको छ ।

यसको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको छ ।

यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको वीर्य उत्पादन गरी कृत्रिम गर्भाधान कार्यका लागि कृषकलाई उपलब्ध गराइने कृषि मन्त्रालयले जनाएको छ ।

मुर्रा जातको एउटा भैँसीले वार्षिक तीन हजारदेखि ३५ सय लिटरसम्म दुध दिने गर्छ । हुन त कृषि मन्त्रालयले मुर्रा जातका राँगा किनेर भए पनि भारतबाट ल्याउने तयारी गरेको थियो । तर भारत सरकारले रकम लिएर राँगो नदिने बरु नि:शुल्क दिने अन्तिम सहमति भएपछि ल्याउने प्रक्रिया थालनी गरिएको मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट