होमस्टे प्रवर्धन गर्न हिँडे ११ राइडर-Sutra News

होमस्टे प्रवर्धन गर्न हिँडे ११ राइडर

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

पर्यटन संस्कृतिका लागि महत्वपूर्ण मानिएका होमस्टेको प्रवद्र्धनका लागि बाइक राइड सोमबारबाट सुरु भएको छ। रेभ्ज मोटरको आयोजनामा भएको ‘रेभ अप अन होमस्टेज्’ शीर्षकको कार्यक्रममा ११ जना राइडरहरूले विभिन्न जिल्लाका मुख्य मुख्य ठाउँमा पुग्ने कार्यक्रम रहेको छ।



टोलीमा राइडरसहित १९ जनाको टोली सहभागी रहेको छ।

होमस्टे प्रवद्र्धनका लागि यात्रामा निस्किएका युवालाई नेपाल टुरिजम बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बिदा गरेका हुन् ।

रिजालले कोभिड-१९ पछि पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने धारणा राखेका थिए।

‘तपाईँहरु जस्तो युवाले स्थानीय पर्यटनको प्रवद्धन गर्नु हाम्रो लागि पनि गर्वको विषय हो । जसरी आज सगरमाथा दिवसको महत्व छ, आगामी वर्षहरुमा यो राइडको पनि महत्व हुन्छ भन्‍ने लाग्छ अपेक्षा गर्दछु । यो किसिमको यात्राले स्थानीय उत्पादनको बजारीकरणमा पनि पक्कै टेवा पुग्नेछ’, रिजालले भने।

आयोजक निश्चल नेपालले युवाहरुमा सँस्कृति र मौलिकताको जानकारी गराउन राइडको कार्यक्रम गरेको बताए ।

उनले साहसिक पर्यटनका लागि हिमाल नै पुग्नुपर्छ भन्ने छैन भन्‍ने कुरा बुझाउन यात्रा उपयोगी हुने बताएका थिए।

‘हामी जस्ता युवाहरु होमस्टेको प्रवर्धनमा लाग्दा हाम्रो गाउँ ठाउँ र रहन सहन बुझ्न सकिन्छ’, नेपालले भने।

उनले ५ जिल्लामा रहेका होमस्टे भ्रमण गर्ने योजना रहेको बताए।

उनीहरुले यो यात्रामा लम्जुङको राईनासकोट, कास्कीको ल्वाङ, स्याङग्जाको सिरुवारी पाल्पाको गुम्बु र चितवनको मेघौलीमा पुगेर प्रवर्दधनका कार्यक्रम गर्नेछन् ।

होम स्टे बसाइका क्रममा विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने र स्थानीय परिकारको स्वाद लिने पनि कार्यक्रम रहेको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट