कर्मचारीले अतिरिक्त शुल्क मागे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नू : बालेन-Sutra News

कर्मचारीले अतिरिक्त शुल्क मागे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नू : बालेन

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको कुनै पनि काममा अतिरिक्त शुल्क मागे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।



शाहले सोमबार सामाजिक सञ्जालमा नगरवासीसामु यस्तो अनुरोध गरेका हुन् ।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो अडियोसहित,’ उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्, ‘कसैले बिनाप्रमाण यसले यति भ्रष्टाचार गयो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउनु होला ।’

उनले ९८६३५९२०११ मा सम्पर्क गर्न आह्वान गरेका छन् । सम्पर्क गर्नेको नाम गोप्य राख्ने  बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट