काठमाडौँका अव्यवस्थित तार हटाउन बालेनको एक्सन आजदेखि-Sutra News

काठमाडौँका अव्यवस्थित तार हटाउन बालेनको एक्सन आजदेखि

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०

काठमाडौँ- काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन आजदेखि गरिने भएको छ।
काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकको निर्णयअनुसार काठमाडौं महानगरभित्रका तार व्यवस्थित गर्न लागिएको हो। यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको थियो।



दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट