बालेनले भने : नयाँ, पुराना सबै नेता चोर हुन्-Sutra News

बालेनले भने : नयाँ, पुराना सबै नेता चोर हुन्

बुधबार, २० बैशाख २०८०

बुधबार, २० बैशाख २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई ‘चोर’को संज्ञा दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेनले नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् ।



‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,’ बालेनले लेखेका छन् ।

पछिल्ला दिनमा बालेनले नेताहरूलाई लक्षित गरेर टिकाटप्पणी गर्दै आएका छन् । दुई हप्ता अगाडि मात्र बालेनले ‘सिंहदरबाका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ बताएका थिए ।
अनावश्यक टिप्पणी गरेकै कारण बेला बेला आलोचिच पनि हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट