सिंघम अगेनको तयारी तिव्र, अजय र दीपिकाको धमाकेदार अवतार-Sutra News

सिंघम अगेनको तयारी तिव्र, अजय र दीपिकाको धमाकेदार अवतार

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

एजेन्सी । बलिउड स्टार अजय देवगनका लागि सन् २०२२ विशेष रह्यो । उनको कयौं फिल्म सन् २०२२ मा रिलिज भए पनि ‘दृश्यम २’ले विशेष स्थान पायो । यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गर्‍यो। यो फिल्मपछि अजयको ‘भोला’ को पनि अहिले चर्चा छ ।



केही दिनअघि अजयले निर्देशक रोहित शेट्टीका साथ एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए । ‘नयाँ वर्ष शुरु भएको छ । मैले सिंघम अगेनको स्क्रिप्ट सुनें, जुन निकै शानदार छ । यो फिल्म हामी दुवैको ११ औं ब्लकबस्टर हुनेछ’, अजयले लेखेका छन् ।

यसअघि नै फिल्ममा अजयका साथ अभिनेत्री दीपिका पादुकोण लेडी सिंघमका रुपमा दर्शकमाझ आउने सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट