नेपाल आउँदै बलिउडकी हट अभिनेत्री मलाइका अरोरा-Sutra News

नेपाल आउँदै बलिउडकी हट अभिनेत्री मलाइका अरोरा

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आउने भएकी छिन् । उनको फेसन स्टाइल र डान्स नेपाली फ्यानले रुचाउदै आइरहेका छन् ।



अब भने नेपाली फ्यानले उनलाई नजिकैबाट नियाल्ने मौका पाउने भएका छन् । उनी काठमाडौंमा हुने फेसन रनवेलाई तताउन यहाँ आउन लागेकी हुन् । आउँदो पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले फेसन रनवे आयोजना गरेको छ ।

उक्त कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतिमाआयोजना गरिएको छ । पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट