शुरु हुँदै मुन्द्रेको कमेडी क्लब : प्रियंका कार्की अध्यक्ष, दमन लगायतका यी कलाकार-Sutra News

शुरु हुँदै मुन्द्रेको कमेडी क्लब : प्रियंका कार्की अध्यक्ष, दमन लगायतका यी कलाकार

बिहिबार, २१ पौस २०७९

बिहिबार, २१ पौस २०७९

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की कमेडी शो मुन्द्रेको कमेडी क्लब मा देखिने भएकी छिन् । केही समयदेखि बन्द रहेको यस शो लाई फेरि जितु नेपालले सञ्चालनमा ल्याउदैछन् ।



शो बारे जानकारीको लागि जितुले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यस शो मा अब अध्यक्षको भूमिकामा प्रियंका आउने भएकी हुन् । यसअघि यस शोमा कलाकार दिपाश्री निरौला र करिश्मा मानन्धर अध्यक्षको भूमिकामा थिए ।

अब शुरु हुन लागेको शोको तेस्रो सिजनमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, एलिना बास्कोटा ‘सान्नानी’ लगायतका कलाकार देखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट