भालेश्वर मन्दिरमा दिपाश्री सिउँदोमा देखिइन्, साथमा दिपकराज र पुजारी पनि-Sutra News

भालेश्वर मन्दिरमा दिपाश्री सिउँदोमा देखिइन्, साथमा दिपकराज र पुजारी पनि

बिहिबार, २१ पौस २०७९

बिहिबार, २१ पौस २०७९

काठमाडौं – हास्य टेलिसिरियल तितो सत्य देखि दिपकराज गिरि र दिपाश्री निरौलाको जोडी निकै रुचाइएको छ । यो जोडी सानो पर्दा हुदै ठुलो पर्दामा जमेको छ । फिल्म छक्का पन्जा को ४ भागसम्म आइपुग्दा पनि यी दुई जोडी कै चर्चा छ । अहिले यो जोडी छक्का पन्जा ४’ को अन्तिम सेड्युल सुटिङ्गमा व्यस्त छन् ।



यसैबीच उनीहरुको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । चन्द्रागिरिको भालेश्वर मन्दिरमा पुजारीसंग खिचेको एक भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । भिडीयोमा दिपक(दिपाको साथमा मन्दिरका पुजारी देखिएका छन् । दिपाश्री सिउँदोमा सजिएकी छिन् ।

अहिलेसम्म विवाह नगरेकी दिपाश्रीलाई सिउँदोमा देख्दा ्यानहरुले विभिन्न प्रश्नहरु गरेका छन् । खासमा ‘छक्का पन्जा ४’ को सुटिङ्गको क्रममा त्यो भिडियो बनाइएको हो । फिल्मको रिलिज मिति फागुन १९ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट