समुन्द्री तटमा हट अवतारमा देखा परिन् दीपिका (तस्बिरसहित)-Sutra News

समुन्द्री तटमा हट अवतारमा देखा परिन् दीपिका (तस्बिरसहित)

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री दीपिका प्रसाईं हट अवतारमा देखा परेकी छिन् । चलचित्र ‘ऐश्वर्या’ बाट चलचित्र क्षेत्रमा प्रबेश गरेपछि छक्कापञ्जा ३ र हेल्लो जिन्दगी मा समेत अभिनय गरेकी दीपिका अभिनयसँगै सौन्दर्यले पनि चर्चामा आइरहने गर्छिन् । तर पछिल्लो समय उनी चलचित्रमा भने देखा परेकी छैनन् ।



अहिले उनी अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । घुमघामकै क्रममा उनले केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा उनी सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिन्छ । उनले हरियो रङको पहिरन लगाएकी छिन् । उनी आफ्ना पति तथा चलचित्र निर्देशक दिवाकर भट्टराईसँग अष्ट्रेलिया पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट