निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित, फिल्ममा गरिमा शर्मा र मुकुन भुसाल पनि-Sutra News

निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित, फिल्ममा गरिमा शर्मा र मुकुन भुसाल पनि

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौं – निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो ।



लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए । नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट