फरहानसँग वेब सिरिजमा देखिँदै शबाना-Sutra News

फरहानसँग वेब सिरिजमा देखिँदै शबाना

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

मुम्बई । अभिनेत्री शबाना आजमी पुनः एकपटक मूलधारको फिल्ममा कमब्याक गर्दैछिन् । निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्टले बनाउन लागेको वेब सिरिजमा सहकार्य गर्न लागेकी हुन् ।



यो वेब सिरिजको निर्देशन ‘मार्गरिटा विद ए स्ट्रा’ फेम शोनाली बोसले निर्देशन गर्नेछिन् । सिरिजको लागि शोनालीको पहिलो रोजाईमा शबाना थिइन् । उनले फरहानलाई गरेको प्रस्ताव फरहानले स्वीकारिसकेका छन् । तर, सिरिजका लागि शबानाको समय तालिका मिलाउन केही समस्या देखिएको छ । किनकी शबाना स्टीवन स्पीलबर्गको ‘हेलो सीजन २’मा व्यस्त छिन् ।

‘समय नजुधोस् भनेर शबानाले प्रयास गरिरहेकी छन् । शबानाले हेलोमा शोनालीको वेब सिरिजमा जोडिनुअघि नै काम सुरु गरिसकेकी थिइन् । तर, शबाना शोनालीसँग काम गर्न जति उत्साहित छिन्, त्यति नै छोरा फरहानसँग दोस्रो पटक काम गर्न पाउँदा छिन्,’ सिरिजका एक सदस्यले भनेका छन् ।

शबानाले यसअघि फरहानका साथ ‘पोजेटिभ’ नामक सर्ट फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्मको निर्देशक फरहानले नै गरेका थिए । फिल्ममा उनको को–स्टार बोमन इरानी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट