पठानमा शाहरुखको पारिश्रमिक सय करोड, दीपिका र जोन अब्राहमको कति ?-Sutra News

पठानमा शाहरुखको पारिश्रमिक सय करोड, दीपिका र जोन अब्राहमको कति ?

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

काठमाडौं – पछिल्लो समय बलिउडमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख यहि फिल्ममार्फत पुनरागमन गरेका छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो ।



पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्, उनका फ्यानको उत्साह पनि उस्तै छ । फिल्म ‘पठान’मा कसले कति पारिश्रमिक लिए भन्ने चासो सर्वत्र छ ।

फिल्ममा शाहरुखको बडी ट्रान्सफर्मेशन देखेर जोकोही चकित छन् । फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् । यस्तै दीपिका पादुकोणले १५ करोड र जोन अब्राहमले २० करोड पारिश्रमिक बुझेका छन् । जोन फिल्ममा भिलेनको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट