विश्वकै सबैभन्दा होचो कदका पुरुष बने २० वर्षका यी युवक-Sutra News

विश्वकै सबैभन्दा होचो कदका पुरुष बने २० वर्षका यी युवक

आइतबार, ३ पौस २०७९

आइतबार, ३ पौस २०७९

काठमाडौँ । इरानमा एक व्यक्ति विश्वकै होचा ब्यक्ति बनेका छन् । इरानका २० वर्षका अफशिन इस्माइल घादेरजादेह विश्वका होचा ब्यक्ति बनेका हुन् ।



२.१ इन्चका उनको शरीरको वजन साढे ६ केजी मात्रै छ । उनी मोबाइल जस्ता स(साना चिज पनि प्रयोग गर्न सक्दैनन् । विश्वकै सबैभन्दा होचो कदका पुरुष बनेसँगै अहिले उनी संसारभरका मिडियामा छाएका छन् । शरिर सानो भएका कारण उनले सानो काम पनि गर्न सक्दैनन् ।

उनी जन्मिदा वजन जम्मा ७ सय ग्राम थियो । उनी इरानको पश्चिमी अजरबेजान प्रान्तस्थित बुकान काउन्टीमा बस्छन् । उनले यसअघिका विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानधारी कोलम्बियाका इडवार्ड निनो हर्नान्डेजको कीर्तिमान भंग गरेका हुन् ।२.१ इन्च छ उचाईका अफशिनले ३७ वर्षका निनोलाई उछिनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट