बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरिमा, आजै पोखरा जाने-Sutra News

बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरिमा, आजै पोखरा जाने

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार चन्द्रागिरि पुगेका छन् । परिवारसहित चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका छन् । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएका उनी काठमाडौं फर्किएका छन् ।



उनी यहाँबाट आजै पोखरा भ्रमणमा जानेछन् । बुधबार नेपाल आएका उनले पशुपतिनाथमा दर्शनसमेत गरिसकेका छन् । उनी भ्रमणका क्रममा म्याग्दीसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट