काठमाडौंमा मतपेटिका संकलन सुरु, कहाँ कहाँबाट हुँदैछ मतगणना ? (तस्बिरहरू)-Sutra News

काठमाडौंमा मतपेटिका संकलन सुरु, कहाँ कहाँबाट हुँदैछ मतगणना ? (तस्बिरहरू)

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

काठमाडौं – आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।



मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं-६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं-७ को बालाजुस्थित जुडो हलमा र काठमाडौं-८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ ।

यसैगरी, काठमाडौं-९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं-१० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ। काठमाडौंमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट