७८१ जना नयाँ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु-Sutra News

७८१ जना नयाँ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

शुक्रबार, २७ साउन २०७९

शुक्रबार, २७ साउन २०७९

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय काेराेना संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट