मौद्रिक नीति आएपछि शेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से-Sutra News

मौद्रिक नीति आएपछि शेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

आइतबार, ८ साउन २०७९

आइतबार, ८ साउन २०७९
nepse

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ ।



नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । जसले शेयर बजारलाई केही राहत दिएको विश्लेषण भइरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ६१.०५ अंकले बढेर दुई हजार ७८.५१ बिन्दुमा पुगेको छ । शुक्रबारका तुलनामा ३.०३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अंकले बढेर ३९८.३३ मा पुगेको छ । शुक्रबारको तुलनामा ३.१३ प्रतिशतले बढेको छ ।

आइतबार २१९ कम्पनीका ६४ लाख २३ हजार १५६ कित्ता शेयर दुई अर्ब ७३ करोड नौ लाख ३७ हजार १९७ रुपैयाँ कारोबार भएको छ । आज सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट