भातको माडका यस्ता छन् आश्चर्यजनक फाइदाहरु-Sutra News

भातको माडका यस्ता छन् आश्चर्यजनक फाइदाहरु

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

काठमाडौं – धेरैले भातको माड फ्याक्ने वा भैसी बाख्रालाई खुवाउने गर्छन् । खासमा भातको माड हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थ हो ।



कुनैले भातको माड तरकारीको लागी पनि राख्ने गर्छन् । भातको माड फ्याक्नु भन्दा यसलाई प्रयोग गर्न जानेमा धेरै फाइदा लिन सकिन्छ ।

भातको माडका फाइदाहरु तपाईलाई बान्ता आउने, पखला लाग्ने समस्या छ भने यसको सेवन गर्नाले ठिक हुन्छ । भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्व पनि पुरा गर्छ ।

यस्तै पेट दुख्ने समस्या छ भने पनि यसको सेवनले पेट दुख्न कम हुन्छ । भातको माड खाँदा कब्जियतबाट पनि टाढा रहन सकिन्छ । यदि भातको माड अनुहारमा लगाएमा अनुहार चम्किँलो हुन्छ । त्यति मात्र होइन भातको माडको प्रयोगले शितलता पनि प्रदान गर्छ । दादुरा र विमिरा पनि ठिक गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट