मधेश प्रदेशबाट साढे ७९ हजार विद्यार्थीले एसईई परीक्षा दिँदै -Sutra News

मधेश प्रदेशबाट साढे ७९ हजार विद्यार्थीले एसईई परीक्षा दिँदै 

शुक्रबार, ९ बैशाख २०७९

शुक्रबार, ९ बैशाख २०७९

शुक्रबारबाट एसईईको  परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुने छ । मधेश प्रदेश शिक्षा निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ जना परीक्षार्थी रहेका छन् ।



शिक्षा निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४,धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार ४२१, रौतहटमा ९ हजार ५७, बारामा ८ हजार ८२४ र पर्सामा ९ हजार ५५ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।

त्यसैगरि,  सप्तरीमा ३६, सिरहामा ४१, धनुषामा ४३, महोत्तरीमा ३०, सर्लाहीमा ३६, रौतहटमा ३१, बारामा ३२ र पर्सामा २५ वटा परीक्षा केन्द्र तोकिएको मधेश प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए । परीक्षालाई मर्यादित  र व्यवस्थित बनाउन ७ हजार १६६ जना कर्मचारी खटाइएको उनले जानकारी दिए ।

परीक्षाको आवश्यक तयारी भइसकेको बताउँदै उनले भने,‘सबै परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष, उत्तर पुस्तिका, प्रश्नपत्र गइसकेको छ । परीक्षार्थी सिटको लेबल पनि सबै ठाउँमा लागि सकेको होला । अब शान्तिपूर्ण वातावरणमा परीक्षा हुन्छ ।’
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट