जम्मा ६८ जनामा कोरोना संक्रमण पुष्टि, आज २ जना बिते-Sutra News

जम्मा ६८ जनामा कोरोना संक्रमण पुष्टि, आज २ जना बिते

आइतबार, २२ फाल्गुन २०७८

आइतबार, २२ फाल्गुन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



सो अवधिमा देशभर ५ सय ३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ०९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९२९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख २२ हजार ९८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट