७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, आज ८ जना बिते-Sutra News

७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, आज ८ जना बिते

सोमबार, २ फाल्गुन २०७८

सोमबार, २ फाल्गुन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सोमबार पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



सोही अवधिमा थप दुई हजार तीन सय १९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार नौ सय दुई जना पुगेको छ । अहिले नेपालमा २० हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण आठ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट