कोरोनाविरुद्ध आजदेखि बुस्टर डोज लगाइने, क-कसले पाउने ?-Sutra News

कोरोनाविरुद्ध आजदेखि बुस्टर डोज लगाइने, क-कसले पाउने ?

आइतबार, २ माघ २०७८

आइतबार, २ माघ २०७८

काठमाडौँ । सरकारले अग्रपंक्तिमा खटिनेहरू​लाई  आजदेखि कोरोना भाइरस (कोभिड १९) विरुद्ध बुस्टर डोज खोप उपलब्ध गराउने भएको छ ।



आजदेखि स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू​लाई सरकारले बुस्टर डोज खोप दिइने बताइएको छ ।

पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

त्यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट