ओलीको नाम लिएर सभामुखलाई उचाल्दै माधव नेपाल-Sutra News

ओलीको नाम लिएर सभामुखलाई उचाल्दै माधव नेपाल

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी दर्ता गरेका पूर्वएमाले नेता माधवकुमार नेपालले माओवादीकी नेता तथा सभामुख अग्निप्रसाद सापकोटालाई सान्त्वना दिएका छन् ।



पछिल्लो समय माधव नेपालको पुरानो पार्टी नेकपा एमालेले विभिन्न प्रश्नहरु उठाउँदै संसद बैठक चल्न नदिएको बेला नेता नेपालले सभामुखलाई ढुक्क भएर काम गर्न जोड दिएका हुन् ।

नेकपा एस गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो कुरामा जोड गरेका हुन् ।

उनले आफूहरु सभामुखको साथमा रहको बताए । उनले भने, ‘सभामुखज्यू तपाईं एक्लो हुनुहुन्न, तपाईंको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।’

पछिल्लो समय नेकपा एमालेले सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद बैठक चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट