पुँजी बजारमा लगानी साम्राराज्यवादको विकसित रुपः प्रचण्ड-Sutra News

पुँजी बजारमा लगानी साम्राराज्यवादको विकसित रुपः प्रचण्ड

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारको लगानीलाई साम्राराज्यवादको विकसित रुप भएको बताएका छन् । उनले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीलाई शेयर बजारमा लगाउनु साम्राराज्यवादको विकसित रुप भएको बताएका हुन् ।



शनिबार माओवादी केन्द्रको सबै प्रदेशको सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी भइरहेको बताए ।

एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै प्रचण्डले यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गर्ने योजना रहेको सुनाए ।

उनले शेयर बजारप्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए । उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेका बताए ।

प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरुरी भएको बताए । उनले यस प्रकारको विकृतीको विष्लेशण गरेर लड्ने तरिका खोज्ने अभिभारा माओबादीमाथि आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट