दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ – निधि-Sutra News

दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुन्छ – निधि

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा अर्का उम्मेदवार शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।



सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै निधिले पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत नल्याउने ठोकुवा गरेका हुन् ।

‘पहिलो चरणमा कसैको बहुमत आउँदैन,’ निधिले भने, ‘दोस्रो चरणमा हामी सबै देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं ।’

कांग्रेसको भावी नेतृत्वका लागि ५ सभापतिका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । ६ मध्ये युवराज न्यौपानेले आफ्नो उम्मेद्वारी अन्तिम समयमा फिर्ता लिएर डा. शेखर कोइरालालाई सघाउने बताइसकेका छन् ।

सभापतिका लागि देउवा, कोइराला, निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट