प्रभु इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा मूल्याङ्कनकर्तालाई तालिम-Sutra News

प्रभु इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा मूल्याङ्कनकर्तालाई तालिम

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

पशुपंक्षी तथा कृषि बीमाको क्षति मूल्याङ्कनकर्तालाई प्रभु इन्स्योरेन्सले तालिम प्रदान गरेको छ । कम्पनीले बीमा दावी भुक्तानी सरल र छरितो बनाउन कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।



कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्रका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको उल्लेख गरेको छ ।

कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण दिएका थिए ।

कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजा मध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कार्तिक महिनामै तालिम सम्पन्न गरि सकेको थियो । बाँकी रहेको स्याङ्जा जिल्लामा कम्पनीले यही मंशिर २२ गते देखि २४ गतेसम्म तालिम दिएको कम्पनीले जनाएको छ ।

तालिमको ससमापन तथा प्रमाण–पत्र बितरण कार्यक्रमलाई सम्वोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बीमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न भएको जानकारी दिए । उनले तालिममा प्राप्त ज्ञान र शिप कार्यक्षेत्रमा खटिदा प्रयोग गर्न तालिममा सहभागीहरुलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट