यस्तो छ देशभर आजको मौसम,प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना-Sutra News

यस्तो छ देशभर आजको मौसम,प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

काठमाडौं, २२ मंसिर- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।



दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका  एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र  २ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट