काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले एमसीसीका विषयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलोकतान्त्रीक चरित्र देखाएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले हस्ताक्षर गरेको पत्र छताछुल्ल भएसंगै उनले यस्तो बताएका हुन् ।
नेता पुष्पकमल दाहालले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्वभौम नागरिकप्रतिको घोर अपमान भएकोसमेत आरोप लगाएका छन् ।
प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले MCC का बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान हो । सुचनाको हक संबैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुन्ठित गरी आफ्नो अलोकतान्त्रिक चरित्र देखाएको छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) February 6, 2022