ओलीले गुट चलाएपछि विद्रोह गर्न बाध्य भयौं – झलनाथ खनाल-Sutra News

ओलीले गुट चलाएपछि विद्रोह गर्न बाध्य भयौं – झलनाथ खनाल

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेले समाजवादी क्रान्ति पूरा गर्न नसकेकैले नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।



शनिवार राजधानी काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकमा नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गुट मात्र चलाएका कारण अहिलेको परिस्थिति आएकोसमेत बताए ।

‘हामी फुटेका होइनौं, ओलीको व्याक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौँ,’ नेता खनालले भने ।

उनले अब समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्र गर्नसक्नेसमेत दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट