चाडबाडका बेलामा धेरै मासु खाने गर्नुभएको छ ? यी कुरामा सावधानी अपनाउनुहोस्-Sutra News

चाडबाडका बेलामा धेरै मासु खाने गर्नुभएको छ ? यी कुरामा सावधानी अपनाउनुहोस्

शुक्रबार, १९ कार्तिक २०७८

शुक्रबार, १९ कार्तिक २०७८

मासुजन्य पदार्थ कति खाने, कसरी खाने भन्ने कुरामा सावधानी नअपनाउँदा वा त्यसबारेमा सचेत नबन्दा निरोगी पनि रोगी हुने गर्छन् । मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा हुन्छ ।



कोरोना महामारीको बेलामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने खानपिन ध्यान दिन जरुरी हुन्छ । त्यसैले अस्वस्थकर मासुको विभिन्न परिकार बनाएर खादा पेट दुख्ने, फुल्ने, झाडापखाला, आउँ, ‘फुड पोइजनिङ’ लगायतका विभिन्न किसिमका स्वास्थ्यमा समस्या आउन सक्छ । मासु खाँदा सावधानी नअपनाएमा एक सयभन्दा बढी रोगको संक्रमण हुने खतरा हुुन्छ ।

स्वस्थ मानिसले कति मात्रा मासु सेवन गर्ने ?

स्वस्थ  मानिसले एक हप्तामा एकदेखि दुई छाक भोजनमा मासु समावेस गर्दा राम्रो हुन्छ । दिनभरमा १०० देखि १५० ग्रामसम्म स्वस्थ मानिसले मासु खान उपयुक्त मानिन्छ ।

मोटोपना भएकाहरुले एकपटकमा बढीमा तीन देखि चार पिस मासु खाँदा राम्रो हुन्छ । मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा हुन्छ ।

मासुसँग धेरै चिसो पेय र मदिरा मिश्रण गरेर पिउँने चलन पनि छ । मासुसँग त्यस्ता पेय पदार्थ धेरै पिउँदा स्वास्थ्यमा नकारात्मक असर गर्दछ ।

कसले मासु खानुहुँदैन ?

दीर्घरोगीले मासु खाँदा विष सेवन जस्तै बन्न सक्ने हुँदा समेसम्म दीर्घरोगी शाकाहारी नै बन्नु राम्रो हुन्छ । मासुका परिकार बनाउँदा प्राय तेलमा तारेको, भुटेको, सेकाएको र मसालेदार मासु खाँदा स्वास्थ्यलाई झन खतरा हुन्छ ।

कहिलेकाहीँ जिब्रोको स्वाद फेर्ने भन्दै दीर्घरोगीले पेट भरिसकेपछि पनि स्वादिलो चिज भने थपीथपी खाने खाने गर्छन् । यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । दीर्घरोगीले मासु खानै परेमा चिकित्कको सल्लाहमा चिल्लो, मसला कम राखेर साधारण तरिकाले पकाएर खानुपर्छ ।

फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म राख्न गर्न सकिन्छ ।  फ्रिजमा मासु राख्दा छोपेर राख्ने गर्नुपर्छ ।  साथै काँचो र पाकेको मासु एकै ठाउँमा राख्नु हुँदैन । मासु पकाएर धेरै दिन राख्नु हुँदैन । केही गरी फ्रिज बन्द भएको अवस्थामा फ्रिजमा राख्दा मासु विषसमान हुन सक्छ । त्यो समयमा ब्याक्टेरियाले विषाक्त बनाउने भएकाले त्यस्तो मासु खाँदा ठूलो समस्या आउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट