एमालेले सोध्यो- अवैध सम्बन्धबाट बनेको पार्टीका अध्यक्ष माधवलाई महाधिवेशनमा किन बोलाउने ?-Sutra News

एमालेले सोध्यो- अवैध सम्बन्धबाट बनेको पार्टीका अध्यक्ष माधवलाई महाधिवेशनमा किन बोलाउने ?

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८
yogesh

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी महाधिवेशनमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नबोलाउने भएको छ ।



एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एस अवैध सम्बन्धबाट जन्मिएको भन्दै त्यसलाई नबोलाउने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले अवैध सम्बन्ध र गर्भधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाउन कुनै पनि आवश्यक नभएको बताएका थिए ।

‘कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन्, उनीहरुलाई बोलाउन आवश्यक छैन ।’ उनले भने ।

त्यस्तै महाधवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ भने गत असोजमा सम्पन्न विधान महाधिवशेनले पारित गरेका विभिन्न प्रतिवेदन र विधान संशोधनका दस्तावेज प्रकाशन गरी वितरण गरिने प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

महाधिवेशनमा स्वदेशका  २२ जनङ्गठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट