सुहाङ र डम्बरबीच झण्डै ४ हजारको मतान्तर-Sutra News

सुहाङ र डम्बरबीच झण्डै ४ हजारको मतान्तर

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ को जारी मतगणनाको परिणामहरु सार्वजनिक भइरहेका छन् । जहाँ नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले निकै बलियो मतान्तरसहित अग्रता लिइरहेका छन् ।



निर्वाचन आयोगका अनुसार सदर २९ हजार १५२ मत गन्दा एमालेका सुहाङले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले भन्दा झण्डै ४ हजार मतान्तरसहित अग्रता लिएका छन् । नेम्वाङले ११ हजार ६१९ मत ल्याउँदा खड्काले ७ हजार ६५९ मत पाएका छन् ।

जहाँ नेम्वाङ बलियो मतान्तर बनाउँदै अघि बढ्दा दोस्रो बन्न कांग्रेसका खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमबीच प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो परिणामअनुसार खड्काभन्दा थेगिम जम्मा २०७ मतले पछि छन् । पछिल्लो मतपरिणामअनुसार थेगिमले ७ हजार ४५२ मत पाएका छन् ।

यता, रास्वपाका उम्मेदवार मिलन लिम्बु भने निकै पछि परेका छन् । उनले हालसम्मको मतपरिणाममा जम्मा एक हजार ५९६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट