बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, सिंहभन्दा भण्डारी २५ मतले मात्रै अगाडि-Sutra News

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, सिंहभन्दा भण्डारी २५ मतले मात्रै अगाडि

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । प्रदेशसभाअन्तर्गतको बझाङ–१९१०को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको परिणाममा एमाले र कांग्रेसबीच निकै बलियो प्रतिस्पर्धा देखिएको छ ।



२६ हजार ७८५ मत गनिसक्दा एमालेका दमनबहादुर भण्डारीले १० हजार १४९ मत पाउँदै अग्रता जमाएका छन् उनलाई १० हजार १२४ मतसहित कांग्रेसका अभिषेक बहादुर सिंहले पछ्याइरहेका छन् । दुईबीचको मतान्तर जम्मा २५ मतको छ ।

यहाँ सुरुवातदेखि एमालेका भण्डारी र सिंहबीच बलियो प्रतिस्पर्धा देखिन्छ । कहिले सिंह त कहिले भण्डारी अगाडि भइरहेका छन् ।

२६ हजारभन्दा बढी मत गनिसक्दा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६९५ मत पाउँदै तेस्रो स्थान जमाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४२७ मतसहित बढुलाई पछ्याइरहेका छन् ।

नाटकीय परिवर्तन नदेखिएमा बझाङ–१(१)मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । दुईमध्ये एकले जित्ने सम्भावना अधिक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट