कांग्रेस अधिवेशनः संखुवासभामा मतदान प्रक्रिया सुरु-Sutra News

कांग्रेस अधिवेशनः संखुवासभामा मतदान प्रक्रिया सुरु

शनिबार, १६ असोज २०७८

शनिबार, १६ असोज २०७८

संखुवासभा- संखुवासभामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनमा सहमति नभएपछि मतदान प्रक्रिया सुरु भएको हो । 



जिल्ला अधिवेशनमा सहमतिमा नै सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि सहमति नजुटेपछि शनिबार साँझ साढे ६ बजेबाट मतदान प्रक्रिया सुरु गरिएको हो ।

नेपाली कांग्रेसको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री दीपक खड्का र राईबहादुर राईबीच प्रतिस्पर्धा हुँदै छ । सभापति पदका लागि पूर्वराज्यमन्त्री खड्का बलिया उम्मेदवार देखिएका छन् ।

त्यसैगरी जिल्ला उपसभापति पदमा शेरबहादुर बन, अन्नत गौली र रामकुमार जिमीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा तीन प्रतिस्पर्धी रहेका छन् । जसमा छत्रमणी काफ्ले, कुमारबाबू अधिकारी र टकमान घले प्रतिस्पर्धामा छन् । सहसचिवमा किशोरकुमार गुरूङ, पासाङ भोटे, विमन पराजुली, सुवास कालाखेती, सूर्य ओझा चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत भरतराज उपाध्यायले जानकारी दिए । 

खाँदवारिको पोखरी पार्कमा निर्वाचन क्षेत्र नम्बर १ र २ को फरक–फरक ठाउँमा दुई/दुई वटा वालेट बक्स राखिएको छ । जिल्ला सभापतिसँगै कार्यसमितिमा ४२ पद र महाधिवेशन प्रतिनिधिका लागि २६ पदमा मतदान सुरु भएको हो । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट