यी पालिकामा आजबाट कांग्रेसको अधिवेशन-Sutra News

यी पालिकामा आजबाट कांग्रेसको अधिवेशन

शनिबार, १६ असोज २०७८

शनिबार, १६ असोज २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत आजदेखि काठमाडौंमा पालिका अधिवेशन सुरु हुने भएको छ । देशकै ठूलो महानगरसहित ११ वटा पालिका रहेको कामाडौंमा दक्षिणकालीबाहेक आजबाट १० वटा पालिकाको अधिवेशन सुरु हुने भएको हो ।



दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । निर्वाचन समितिले पठाएको अन्तिम मतदाता नामावलीमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ वडा अधिवेशन हुन नसकेको आचार्यले बताए ।

‘दुई पटक मतदाता नामावली पठाइसकेका छौँ तर पनि सहमति गरेका छैनन्’, आचार्यले भने, ‘पछिल्लो पटक भने पुनः नामावली पठाउनु भन्नु भएको छ, हामी निर्वाचनमै व्यस्त बनेकाले भोलि सम्म पठाउछौँ ।’ ५ असोजबाट सुरु भएको काठमाडौंको वडा अधिवेशनको अन्तिम परिणाम आउन ढिलो भएकाले आजका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो ।

देशकै ठूलो र जेठो काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभागृहमा संचालन हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको काठमाडौं महानगर समितिले १५ वर्षपछि नेतृत्व पाउन लागेको छ । ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन भएन ।

लामो समयपछि अधिवेशन हुन लागेकोले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । महानगरको सभापतिका लागि संस्थापनबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट